चिचिला गाउँपालिकामा महिनाकाे एक दिन अनिबार्य श्रमदान



चिचिला । पटक पटक प्राकृतिक प्रकाेप खेप्दै आएकाे चिचिला गाउँपालिकाले विकास निर्माणकाे लागि महिनाकाे एक दिन अनिबार्य श्रमदान गर्ने निर्णय गरेकाे छ । सानातिना काममा समेत सरकारी रकम खर्च गर्नु पर्दा गाैरवका याेजना तथा अत्यावश्यक क्षेत्रमा बजेट कम हुने हुँदा मसिना कामहरु श्रमदानबाट सम्पन्न गर्ने गाउँ कार्यपालिकाले निर्णय गरेकाे हाे ।

ठुलाे उपकरण आवश्यक नपर्ने कामका लागि महिनाकाे एक दिन सवै जुटेर सम्पन्न गर्ने निर्णय गरिएकाे चिचिला गाउँपालिका अध्यक्ष पासाङ नूर्वु शेर्पाले जानकारी दिनुभयाे । भल बाढिले भत्काएकाे बाटाे तथा सडक, सार्वजनिक स्थलहरुकाे मर्मत तथा  सरसफाईका कामहरु श्रमदानबाट नै सम्पन्न गरिने अध्यक्ष शेर्पाले बताउनुभयाे । उहाँका अनुसार हाल सवै वडाहरुमा टाेल विकास समिति गठन भईरहेकाे छ । सवै वडामा टाेल विकास समिति गठन भईसके लगत्तै टाेल समितिले निर्णय गरे अनुसार श्रमदान गरिने अध्यक्ष शेर्पाले जानकारी दिनुभयाे ।

चिचला गाउँपालिका ४ मा सवै टाेलमा समिति गठन भई श्रमदान समेत सुरु भईसकेकाे वडा अध्यक्ष बालकुमार तामाङले जानकारी दिनुभयाे । हालैकाे बर्षातकाे समयमा आएकाे बाढि पहिराेले भत्काएकाे अधिकांश सडक तथा बाटाेहरु मर्मत भईसकेकाे अध्यक्ष तामाङले जानकारी दिनुभयाे । वडा नम्बर ४ काे श्रमदानमा हाैसला बढाउन गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, लगायतका जनप्रतिनीधिहरु, प्रमुख प्रशासकीय अधिकृत सहितकाे कर्मचारीहरुकाे टाेलीकाे उल्लेख्य उपस्थिती रहेकाे अध्यक्ष तामाङले जानकारी दिनुभयाे ।

श्रमदानमा खट्न नपाएका तथा गाउँ बाहिर रहेकाहरुले पनि ऐक्यवद्धता जनाउन आफुले सकेकाे सहयाेग गरिरहेकाे उहाँकाे भनाई छ । वडा नम्बर ४ काे दुई दिनकाे श्रमदानकाे लागि धजे गाउँका मिलन गुरुङले श्रमदानमा सहभागीहरुलाई खाजाकाे ब्यवस्था गरिदिएकाे वडाध्यक्ष तामाङले जानकारी दिनुभयाे । आफु परदेशमा भए पनि गाउँकाे विकासमा जुटेकाे देखेपछि उहाँले स्वतस्फुर्त रुपमा सहयाेग गरेकाे अध्यक्ष तामाङले जानकारी दिनुभयाे ।

चिचला गाउँपालिकामा प्राकृतिक प्रकाेपबाट विगत एक बर्ष भित्र मात्रै कराेडाै मुल्य बराबरकाे क्षति भईसकेकाे छ । गत कातिकमा वडा नम्बर १ र २ मा पाकेकाे धान सहित खाद्य तथा नगदेबालीमा क्षति पुर्याएकाे थियाे । त्यस्तै गत बैशाखमा वडा नम्बर ४ र ५ मा परेकाे असिनाले पनि उम्दै गरेकाे मकै, आलु लगायतमा क्षति पुर्याएकाे थियाे । गत असारमा परेकाे अविरल बर्षा पछिकाे बाढि र पहिराेले चिचिलाकाे १६ परिवार विस्थापित भएका छन् भने बाटाे तथा सडकहरु भत्किएका छन् ।

प्राकृतिक प्रकाेपबाट पिडितहरुलाई राहत वितरणमा ठुलाे रकम खर्चिएकाे चिचिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुक्रादेवी राईले जानकारी दिनुभयाे । अन्नबालीमा क्षति पुगेकाे कृषकहरुलाई खाद्न्न राहत, बिउबिजन, पहिराेबाट विस्थापितहरुलाई आवास लगायतकाे शिर्षकमा लाखाैं रुपैयाँ खर्च गर्नु परेकाेले चिचिला गाउँपालिकामा श्रमदान अत्यावश्यक रहेकाे प्रमुख प्रशासकीय अधिकृत राईकाे भनाई छ । जिल्लाकाे दश स्थानीय तहहरु मध्ये चिचिला गाउँपालिकामा सवै भन्दा कम बजेट आउने गरेकाेले पनि कत्तिपय कामहरु श्रमदानबाट नै गर्नु पर्ने बाध्यता रहेकाे समेत राईले बताउनुभयाे ।

सम्बन्धित समाचार