मकालु बचत सहकारीको अध्यक्षमा सिता शाक्य




खाँदबारी । मकालु बचत तथा ऋण सहकारी संस्थाको नवौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले सीता शाक्यलाई अध्यक्ष चयन गरेको छ ।
साधारण सभाले उपाध्यक्षमा भीमलाल कार्की, सचिवमा लोकदर्शन शाक्य, कोषाध्यक्षमा पूर्ण चौहान र सदस्यहरुमा उर्मिला श्रेष्ठ, राजकुमार शाक्य र रविन्द्र खनाल चयन गरेको छ ।

साधारणसभाले लेखा, शिक्षा र ऋण समिति पनि चयन गरेको छ । उद्घाटन कार्यक्रम सहकारीका अध्यक्ष कृष्ण भगत प्रधानको सभापतित्वमा भएको थियो । प्रमुख अतिथी संखुवासभा उद्योग वाणिज्य संघका अध्यक्ष युवराज शाक्यले बचत गर्ने बानी सबैले गर्नु पर्ने बताउनुभयो । थोपाथोपा गरेर गरिएको बचतले भविष्यमा काम दिने पनि शाक्यले बताउनुभयो ।

सम्बन्धित समाचार