खाँदबारी नगरपालिकाको बक्तृत्वकला प्रतियोगितामा मानेभञ्ज्याङ प्रथम



खाँदबारी । आसन्न संविधान दिवसको अवसरमा खाँदबारी नगरपालिकाले खाँदबारी नगरपालिका स्तरिय बतृत्वकला प्रतियोगिताको आयोजना गरेको छ । संविधान दिवस मनाउने क्रममा आज संविधान र शिक्षा विषयमा बक्तृत्वकला प्रयोगिता आयोजना गरेको हो ।

खाँदबारी नगरपालिकाको सभाहलमा सम्पन्न भएको प्रतियोगितामा १३ सामुदायिक र संस्थागत विद्यालयहरुको सहभागीता रहेको थियो । जसमध्ये महेन्द्र मावि मानेभञ्ज्यांका रुजु घिमिरे प्रथम भएका छन् । त्यस्तै सनसाईन अंग्रेजी माविका सक्षम पोर्तेले द्वितिय र बरुण माध्यमिक विद्यालयका बिमला निरौला तृतिय भएका छन् ।
उक्त विद्यार्थीहरुलाई मेडल, प्रमाणपत्र र नगद पुरस्कार संविधान दिवसको दिन प्रदान गरिने नगरपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार