संखुवासभामा प्रस्तावित लोअर अप्सुवा जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाई सम्पन्न



संखुवासभा । संखुवासभामा प्रस्तावित लोअर अप्सुवा जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । विद्युत विकास विभाग र जेभी कन्सलटेन्सीको आयोजनामा लोअर अप्सुवा जल विद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको सार्वजनिक सुनुवाई गरिएको हो । सार्वजनिक सुनुवाई कार्यक्रम मकालु गाउँपालिका वडा नं. ६ को डाँडा गाउँ स्थित वडा कार्यालयको भवनमा गरिएको थियो ।

प्रस्तावित जलविद्युत आयोजना ४५ मेगावाट क्षमताको हुने आयोजनाले जनाएको छ । उक्त आयोजनाको पावरहाउस मकालु गाउँपालिका वडा नं. ६ मा रहने छ भने शिलिचोङ गाउँपालिका वडा नं. ५ मा बाँध निर्माण गरिने विद्युत विकास विभागका इन्जिनियर रवि नेपालले जानकारी दिए । उक्त आयोजनाले ६.०५० हेक्टर सरकारी र ९.७४७ हेक्टर जमिन स्थायी तथा अस्थायी रुपमा अधिग्रहण गर्ने वातावरण विज्ञ मात्रिका जोशीले बताए । यस्तै आयोजनाले ११ किलोमिटर पहुँच सडक निर्माण गर्ने जनाएको छ भने ४ सय ८२ जनाले रोजगार पाउने जनाएको छ । आयोजनाबाट १ सय २५ घर प्रत्यक्ष प्रभावित हुने छन् ।

सम्बन्धित समाचार