चर्चित गायक राजेश पायल राईको घरमा आगलागी



काठमान्डौ । चर्चित गायक राजेश पायल राईको बानेश्वरमा रहेको घरमा आगलागी भएको छ । आगलागीमा कुनै मानबिय क्षति नभए पनि मायाको चिनो र सम्मानपत्र भने काम नलाग्ने अबस्थामा पुगेका छन् ।

घरमा आगलागी भए पश्चात छिमेकीहरुले झ्यालको सिसा फुटाएर आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए ।आगो स्थ्यनिया, नेपाल प्रहरी,दमकल लगायतले नि*यन्त्रणमा लिएका थिए। सागीतिक कार्यक्रमको शिलशिलामा राई भने विदेश रहेका छन् । उनले भने यो दुखद घडीमा पनि आउ आउँ नसक्ने बताएका छन् ।

अफ्नो घरमा आगलागी भएको खबर पाएका राईले सामाजिक संजालमा एक स्टाटस लेख्दै आगो नयन्त्रणमा ल्यान सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । यस्तो छ उनको स्टाटस -यो घडिमा अहिलै घरमा आउन सकिन,सक्दिन पनि ,म सँग पेशा छ अनि बाध्यता पनि र आयोजक सँग अझै २ महिनाको कार्यक्रमको एग्रीमेन्ट छ तर यो परी स्थिती मा मेरो छिमेकीहरुले दर्साउनु भएको सहयोग ,नेपाल प्रहरी,दमकल परिवार प्रती !! यहाँ बाटै हार्दिक नमन ..एवार्ड जले होलान तर तपाइहरुले दिएको आसिर्बाद माया ,सुझाब नजलोस .. म सदा तपाइहरु कै काखमा लुट्पुटिने माम्छे।

सम्बन्धित समाचार