भोजपुरमा महान चाड दशैँतिहारलाई लक्षित गर्दै बजार अनुगमन



भोजपुर । नजिकिएको महान चाड दशैँतिहारलाई लक्षित गर्दै भोजपुर नगरपालिकाले बजार अनुगमन गरेको छ । सदरमुकाममा सञ्चालित ८७ वटा पसल, होटलमा नगरपालिकाले गरेको अनुगमन क्रममा भेटिएको साढे ९ हजार बराबर अखाद्य बस्तु पनि नष्ट गरिएको छ ।

उपमेयर ममिता राईको संयोजकत्वको अनुगमन टोलीले सदरमुकामको भोटेपसल, विचबजार, पोखरेलाईन, बैङ्करोड, डाँडागाउँ, बसपार्क, हटियालाईन लगायत स्थानहरुमा सञ्चालित दर्जनौ किराना, मासु पसल तथा होटलहरुमा अनुगमन गरेको थियो । चाडपर्वका बेला अखाद्य सामानको उपभोगले सर्वसाधरणको स्वास्थ्यमा पुग्ने गम्भिर असरलाई ध्यानमा राख्दै अनुगमन गरिएको उपमेयर राईले बताईन् ।

यसका साथै अनुगमनका क्रममा दर्ताविनै सञ्चालनमा रहेका पसल तथा होटलहरुलाई आधिकारीक रुपमा व्यवसाय दर्ता गरि सञ्चालन गर्न पनि सुझाव दिईएको उपमेयर राईले बताईन् । नगरपालिकाले अगुवाईमा हरेक महिना बजार अनुगमन हुने गरेको छ ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..