जन्डिसको उपचार गर्छु भन्दै झाँक्रीले पेटमा प्वाल खोपिदिँदा बिरामीको मृत्यु



 

काठमाडौं । मुखैले चुसेर कमलपित्तको विकास निकाल्ने बहानामा पेट चि’रेका ३९ वर्षीय बि’रामी राजु मगरको सोमबार मृ’त्यु भएको छ। यो धादिङको खबर हो।

पेट चि’रेर निको नभएका राजु अशक्त भएपछि भदौ २५ मा जिल्ला अस्पताल धादिङमा भर्ना गरिएको थियो।

दुई महिनादेखि जन्डिसले थलिएका राजुलाई सदरमुकाममै बसेर आफूलाई महायान लामा झाँक्री बताउने गजबहादुर लामाले पेटको जन्डिस चुसेरै निकालिदिन्छु भन्दै बि’रामीलाई घरमा बोलाएर ब्ले’डले पेट चि’रेका थिए।  पेट चि’रेर विकार निकालेबापत ८ हजार रुपैयाँ पनि उनले असुलेका थिए।

झाँक्रीले पेटमा प्वाल खोपिदिएकाले अवस्था झनै ज’टिल भएपछि उनलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो। तर काठमाडौं नयाँ बजारस्थित पिपुल मेडिकल कलेजले अरूले बनाइदिएको घा’उ आफूले नहेर्ने भन्दै पेटमा जमेको पानी निकालिदिएर फिर्ता गरिदिएको थियो। लामावि’रुद्ध परिवारजनले जिल्ला प्रहरीमा उ’जुरी दर्ता गराएका छन्। हाल उनी फ’रार छन्।

सम्बन्धित समाचार