चितवनमा भेट्ट्रान फुटबल कप हुने,भारतका दुई टिमसहित १६ टिमले प्रतिस्पर्धा गर्ने



चितवन ।  चितवनमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान फुटबल कप २०७६ हुने भएको छ। प्रतियोगिता असोज २ देखि भरतपुर महानगरपालिका–१० गेष्टहाउस चौरमा हुने प्रतियोगिताका संयोजक बरुण बस्नेतले जानकारी दिए। प्रतियोगितामा भारतका दुई टिमसहित १६ टिमले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा देराहदुन एफसी भारत, रोयल भेट्रान दार्जिलिङ, चितवन भेट्रान नीलो र चितवन भेट्रान रातो, मक्वानपुर भेट्रान हेटौंडा, अभिषेक चर्च नवलपुर, बगरभाइ खलक पोखरा, टि बरगर ललितपुर, नाइट किङ काठमाडांै, धरान भेट्रान क्लब धरान, सानो गौचरन काठमाडौं, रुपन्देही भेट्रान ११ बुटवल, बिबिसी भेट्रान बनेपा, झापा भेट्रान झापा, युथ एकेडेमि वीरगंज र कैलाली भेट्रान कैलाली सहभागी हुनेछन्।

प्रतियोगिताको फाइनल असोज ६ मा हुनेछ । क्वार्टर फाइनलसम्म दैनिक चार खेल सञ्चालन हुनेछ भने सेमिफाइनलका २ खेल असोज ५ मा हुने चितवन भेट्रान फुटबल क्लबका अध्यक्ष रविन्द्रकुमार श्रेष्ठले जानकारी दिए।  प्रतियोगिताको विजेताले एक लाख एक हजार १११, उपविजेताले ५० हजार ५५५ रुपैयाँ पुरस्कार पाउने क्लबका कोषाध्यक्ष विष्णु दराईले जानकारी दिए।

यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। उत्कृष्ट चार विधाका खेलाडीहरु बेष्ट गोलकिपर, बेष्ट मिड फिल्डर, बेष्ट डिफेन्स र हाई स्कोररलाई जनही पाँच हजार रुपैयाँ पुरस्कार रहेको छ। एन्फा चितवन, चितवन खेलकुद पत्रकार मञ्च र गोल नेपाल सहयोगी संस्थाका रुपमा रहेको आयोजकले जनाएको छ।

सम्बन्धित समाचार