नेकपा प्रदेश कार्यालय इटहरीमा ताला



इटहरी ।  नेकपा इटहरी नगरको गुट विवाद छताछुल्ल भएको छ। नगर कमिटी गठनलाई लिएर असन्तुष्ट समूहले मंगलबार इटहरीस्थित प्रदेश कार्यालय तालाबन्दी गरेपछि विवाद छताछुल्ल भएको हो। मंगलबार नेकपा युवा नेताको समूहले तालाबन्दी गरेको हो।

झण्डै तीन साताअघि पनि सोही समूहले इटहरी नगर पार्टी कार्यालय तालाबन्दी गरेको थियो। ताला लागेपछि विवाद समाधान गर्न पटकपटक छलफल भएपनि सहमति जुटेको छैन।

पार्टीको विधान मिचेर बनाइएको नगरसमिती नमान्ने भन्दै एक समूहले संशोधनको माग गरेको छ। लामो समय खोटाङमा राजनीति गरेर केही वर्षअघि इटहरी आएका काशीनाथ दंगाललाई नगर कमिटी सचिव बनाएको भन्दै नेकपाको एउटा समूह असन्तुष्ट बनेको हो। दंगाललाई नेकपा नेता भीम आचार्यको निर्देशनमा नगर सचिवको आरोप उक्त समूहको छ।

विरोधमा उत्रिएका पर्वएमाले वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र गौतमले स्थानीय र पार्टीमा लामो समय योगदान गरेकालाई पहिलो प्राथमिकता दिनुपर्ने र पार्टीको विधानअनुसार युवासमेतलाई उचित प्रतिनिधित्व दिँदै कमिटी संशोधन गर्नुपर्ने माग गरे।

आन्दोलनलाई सामान्य नसम्झन उनले चेतावनी दिए। गौतमको समूहलाई नेकपाका जिल्ला तथा प्रदेश तहका नेतालेसमेत सहयोग गरेका छन्। पूर्वएमालेले लामो समय एकछत्र चुनाव जितेको इटहरीमा पछिल्लो समय गुट विवादले उत्कर्ष रुप लिन थालेको छ। गत स्थानीय तहको निर्वाचनमासमेत नेकपाभित्रको विवादकै कारण एमालेले २० मध्ये १२ वडामा नेतृत्व गुमाएको थियो।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..