पाँचखालबाट उडेको हेलिकप्टर नवप्रतिभा स्कुलको प्राङ्गगणमा पुन: अवतरण



पाँचखाल नगरपालिकामा आकस्मिक अवतरणपछि उक्त हेलिकप्टर पुन: काठमाडौंका लागि उडेको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी दिपक गिरीका अनुसार काठमाडौंको लागि उडेको हेलिकप्टर मौसम खराबीले केही समयको अन्तरालमै फेरि अवतरण भएको हो ।

मौसमले साथ नदिएपछि पाँचखाल ६ स्थित नवप्रतिभा स्कुलको प्राङ्गगणमा पुन: अवतरण गरेको हो ।

सिम्रिक एयरसहित लुक्लाबाट काठमाडौंका लागि उडेको ४ हेलिकप्टर मंगलबार दिउँसो काभ्रेमा आकस्मिक अवतरण गरिएको थियो । हेलिकप्टरहरु खेतमा अवतरण भएको थियो ।

जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटाका अनुसार पाँचखाल नगरपालिकाको हर्षे र जोरपाटीमा मनाङ एयरका २, सिम्रिक र कैलाश एयरका १/१ हेलिकप्टर अवतरण गरिएको थियो । मनाङ र सिम्रिक एयरका हेलिकप्टरमा चालक दलसहित ६/६ जना र कैलाशको हेलिकप्टरमा ३ जना सवार थिए ।

सम्बन्धित समाचार