संखुवासभामा भब्य रुपमा मनाईयो संविधान दिवस (भिडियो सहित)



र्याली सहितको टोलीले खाँदबारी पोखरी बजार स्थित पोखरी पार्कमा झण्डोत्तोलन गरिदै ।

खाँदबारी । संविधान दिवस २०७६ संखुवासभामा भब्य रुपमा मनाईएको छ । विहान खाँदबारी ७ नयाँ बजारबाट र्यालीको उद्घाटन गरि खाँदबारी नगरपालिकाको सभाहलमा सभाको आयोजना गरिएको छ ।

र्याली सहितको टोलीले खाँदबारी पोखरी बजार स्थित पोखरी पार्कमा झण्डोत्तोलन गरेका छन् । पञ्चे बाजा सहितको र्यालीले खाँदबारी बजारको परिक्रमा गरि खाँदबारी नगरपालिकाको हलमा कोणसभाको आयोजना गरिएको हो । कार्यक्रममा प्रदेश सभा सदस्य सुयर्माराज राई लगायत जिल्लाका राजनितिक दलका प्रमुख तथा प्रतिनिधीहरु, जनप्रतिनिधी, कर्मचारी लगायत आम नागरिकहरुको बाक्लो उपस्थिती रहेको थियो ।

खाँदबारी नगरपालिकाको हलमा आयोजित सभा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यको अध्यक्षतामा आयोजना गरिएको हो । तीन दिनसम्म मनाईएको यो दिवसको आज अन्तिम दिन यस अघि आयोजित विभिन्न प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ ।

र्यालीको भिडियो यहाँ प्रस्तुत गरिएको छ ।

सम्बन्धित समाचार