डेंगुको संक्रमणबाट भारतमा एक नेपालीको मृत्यु



सल्यान । रोजगारीका लागि भारत भएका एक नेपालीको डेंगुको संक्रमणका कारण मृत्यु भएको छ। सल्यान बनगाड कुपिन्डे नगरपालिका-७ सिम्तिगैराका २१ वर्षीय नोखिराम नेपालीको भारतको राजकोटमा मृत्यु भएको हो।

पाँच महिनाअघि रोजगारीका लागि भारतको राजकोट पुगेको नेपालीको राजकोट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको आफन्त खुम बहादुर सार्कीले जानकारी दिए। दुई सातायता बिरामी भई राजकोट अस्पतालमा उपचार गराइरहेका नेपालीको शुक्रबार राति मृत्यु भएको उनले बताए। नेपालीको शवलाई करक संकलन गरेर घर ल्याउने तयारी भइरहेको लोकराज नेपालीले बताएका छन्।

सम्बन्धित समाचार