मन्त्र फुकेर चौपाया मारेको भन्दै अमानविय व्यवहार गर्ने एक पक्राउ



राजविराज । मन्त्र फुकेर चौपाया मारेको भन्दै अमानविय व्यवहार गर्ने एक जना पक्राउ परेका छन्। सप्तरीस्थित बोदे बर्साईन नगरपालिका–६का गोवर्धन यादव पक्राउ परेको हुन्।

छिमेकी महिलालाई ‘बोक्सी’ भन्दै गाली र  कुटपिट गरेको आरोपमा यादवलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कल्याणपुरका इन्सपेक्टर बिष्णुप्रदिप बस्यालले जानकारी दिए।

आरोपितहरु जसोदेवि यादव, दुर्गाप्रसाद यादव र अनितादेवि यादवको खोजीकार्य भइरहेको इन्सपेक्टर बस्यालले बताए। आरोपीले ती महिलालाई ‘बोक्सी’ भन्दै मन्त्रद्वारा गाईवस्तु मारेको आरोप लगाएर गत जेठ ५ गते गालीगलौज गरी कुटपिटसमेत गरेका पीडितले बताएकी छन्।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..