झापा स्पोर्टस अवार्डको मनोनयनमा परेका खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक



झापा ।  नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले झापा स्पोर्टस अवार्ड’ तेस्रो संस्करणको मनोनयनमा परेका खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरेको छ।

‘झापा स्पोर्टस अवार्ड २०७५’ का लागि विभिन्न चार विधामा प्रत्येक विधाबाट तीन तीनजना मनोनित भएका हुन्।  ‘झापा स्पोर्टस अवार्ड २०७५’ को मनोनयनमा पर्न सफल प्रतिभा वर्ष उत्कृष्ट खेलाडी (पुरुष) मा उमेश राई (शारीरिक सुगठन), राम दाहाल (शारीरिक सुगठन), नवयुग श्रेष्ठ (फुटबल) छन्।

त्यसैगरी, वर्ष उत्कृष्ट खेलाडी (महिला) मा एस्तर राई (कराते), अन्जिला तुम्बापो सुब्बा (फुटबल), बिनिता बुढाथोकी (भलिबल) छन्। वर्ष उत्कृष्ट खेलाडी (युवा) विधामा छिरिङ गुरुङ (फुटबल), अप्सरी बेगम (क्रिकेट), अमिता गिरी (ब्याडमिन्टन) मनोनयनमा परेका छन्।

वर्ष उत्कृष्ट प्रशिक्षकमा हरि खड्का (फुटबल), डम्बर लिम्बू (बक्सिङ), योगश चम्लिङ (कराते) परेको ‘झापा स्पोर्टस अवार्ड २०७५’ तथा प्रतिभा छनोट समितिका संयोजक बुद्ध तामाङले जानकारी दिए।

सम्बन्धित समाचार