बास्केटबल खेल्दाखेल्दै एक युवकको मुत्यु



दमौली । बास्केटबल खेल्दाखेल्दै हृदयघात हुँदा एक युवकको दमौलीमा मुत्यु भएको छ। व्यास नगरपालिका २ का अन्दाजी २९ वर्षीय गौरव श्रेष्ठ रहेको बस्केटबल खेल्दाखेल्दै मृत्यु भएको हो।

उनी सानिमा बैंक लिमिटेड दमौली शाखामा कार्यरत थिए। श्रेष्ठ नियमित रुपमा बास्केटबल खेल्ने गरेको प्रत्यक्षदर्शीको भनाइ छ।

उनी बास्केटबलका राम्रा खेलाडी रहेको सहपाठी चन्दन मल्लले जानकारी दिए। हदयघात भएपछि अस्पताल पुर्‍याइएका श्रेष्ठको दमौली अस्पतालमा उपचारको क्रममा मुत्यु भएको हो।

सम्बन्धित समाचार