देशको शान्ति सुरक्षासँगै सरसफाईमा समेत संखुवासभाका प्रहरी



असोज ६, संखुवासभा । अहोरात्र जनताको शान्ति सुरक्षामा खटिने प्रहरी आज विहान सवेरै नेपालकै चर्चित शक्तिपिठ चैनपुर नगरपालिकामा रहेको सिद्धकाली मन्दिर परिसरको सरसफाइमा जुटेका छन् । ६४ औ प्रहरी दवसको अवसर पारेर नेपाल प्रहरीले जिल्लाको विभिन्न भागमा सरसफाई गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाले खाँदवारी नगरपालिकामा रहेको मानेभञ्याङको गुम्बा क्षेत्र, चर्चीत धार्मिक शक्ति पीठ् मनकामना मन्दिर परिसर क्षेत्रमा सरसफाई कार्यक्रम गरेका थिए । यसैगरी ईलाका प्रहरी कार्यालय चैनपुरले चैनपुरको टुडीखेलमा रहेको राधाकृष्णमन्दिर परिसरमा समेत सरसफाईमा प्रहरी अधिकृत सहितको टोली जुटेका थिए । जिल्लाभरीका ३९ प्रहरी युनिटले आज आ–आफ्नो क्षेत्रमा रहेका मठमन्दीर, साँस्कृतिक क्षेत्रमा सरसफाई गर्नुका साथै अमम्र प्रहरी परिवार सँग भेटघाटका साथ फलफूल वितरण कार्यक्रम समेत सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

चैनपुर नगरपालिका स्थित सिद्धकाली मन्दिर परिसरमा भएको सरसफाइ कार्यक्रममा अस्थायी प्रहरी चौकी पोखरीका प्रहरी टोली, राजनीतिक दलका प्रतिनिधिहरु, समाजसेवी, तथा स्थानीयको उपस्थिति रहेको सहायक निरीषक उमनाथ भट्टराईले वताउनुभयो । प्रहरीको यस किसिमको कामको प्रसंसा गर्नुहुँदै पर्यटन वर्ष २०२० लाई सफल वनाउन सबै क्षेत्रवाट लाग्नु पर्ने साविक सिद्धकाली गा.वि.स का पुर्व अध्यक्ष ज्ञानबहादुर कार्कीले वताउनुभयो ।

सम्बन्धित समाचार