घरमा पालेको गाईको मृत्यु संस्कार सम्पन्न



मोरङ । मोरङकाे मिक्लाजुङका एक किसानले घरमा पालेको गाईको मृत्यु संस्कार गरेका छन् । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ३ टाँडीका किसान हेमलाल पौडेलले पालेको गाईको असोज २ गते बिहिबार मृत्यु भएको थियो । व्याएको आठ दिनमा गाईको मृत्यु भएपछी हिन्दु संस्कार अनुसार गाईको काजक्रिया गरिएको गाई धनी हेमलाल पौडेलले बताए । गाईको जुठो हेमलाका दाजु माधबप्रसाद पौडेलले बारेका थिए । उनले गाईको तीन दिने मृत्यु संस्कार गरेका छन् ।

हिन्दु धर्म अनुसार गाई लक्ष्मि माताको प्रतिकको रुपामा रहेको र आफुले पालेको गाई मरेपछि तीन दिन काजक्रिया गरिएको किसान पौडेलले जानकारी दिए । गाई दाम्लो भन्दा बाहिर रहेको बेलामा मर्यो यदी दाम्लो लगाएकै बेलामा मरेको भए दश दिनसम्मै काम गर्नु पर्ने पौडेलले बताए । पछिल्लो समय मान्छेको मृत्यु संस्काको दिन छोट्याउने बहस चलिरहंदा मोरङ किसानले भने गाईको मृत्यु संस्कार सम्पन्न गरेका छन् ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..