नेतृत्वको नेकपाका इन्चार्ज पक्राउ



काठमाडौं ।  सरकाद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका उपत्यका इन्चार्ज नविन विश्वकर्मा ‘हितमान’ पक्राउ परेका छन्। उनलाई नेपाल प्रहरीको कन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंबाट पक्राउ गरेको प्रहरीले जनाएकाे छ।  पूर्व राज्यमन्त्रीसमेत रहेका विश्वकर्मा नक्खु बम विस्फोटमा पनि सम्लग्न रहेको जनाइएको छ। विश्वकर्मा देव गुरुङ स्थानीय विकासमन्त्री हुँदा राज्यमन्त्री रहिसकेका व्यक्ति हुन्।  यसअघि उपत्यका इन्चार्ज माइला लामा पक्राउ परेपछि विश्वकर्मालाई इन्चार्ज बनाइएको थियो।

सम्बन्धित समाचार