प्रदेशस्तरीय फुटसल प्रतियोगिताको उपाधि धरानलाई



इटहरी । मदन भण्डारी स्पोर्टस् एकेडेमी सुनसरीले आयोजना गरेको प्रदेशस्तरीय फुटसल प्रतियोगिताको उपाधि धरानले चुमेको छ ।

शुक्रबारबाट इटहरीमा जारी भएको फुटसलमा प्रदेशभरीका २४ वटा टिमको सहभागीता रहेको थियो । शनिबार धरान एफ एफ सि फुटसल क्लब र धरानकै बिग फुटसलबीच भएको फाइनल खेलमा धरान एफएफसि ले ७–० ले पछि पार्दै उपाधि चुमेको हो । पहिलो हाफमा ४–१ भएको खेलमा दोस्रो हाफमा बिग फुटसलले १ गोल मात्र थप्न सफल भयो भने एफएफसिले ३ गोल थपेको थियो । उपाधिसँगै एफएफसिले नगद १ लाख १ हजार रुपैँया हात पार्यो भने उपविजेता बिग फुटसलले नगद ५१ हजार रुपैँयामा चित्त बुझायो ।

कार्यक्रममा उत्कृष्ट गोल किपर, बेस्ट प्लेयर, लगायत बिधामा रहेका खेलाडीहरुलाई समेत ट्रफि सहित प्रशंसा पत्र प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि एक नम्बर प्रदेशका वाताबरण तथा पर्यटन मन्त्री जगदिश कुसियतले पुरस्कार वितरण गर्दै फुटसल खेल सबै उमेर समुहका लागि अत्यन्तै उपयोगी रहेको बताए । पछिल्लो पुस्तामा लोकप्रिय रहेको र यस खेललाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको उनले बताए । आयोजकका अध्यक्ष होमनाथ धमलाले कार्यक्रममा बोल्दै यस कार्यक्रमले आफुँमा अझ नयाँ खेलकुद गर्न हौसला मिलेको बताए ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..