चितवन मेडिकल कलेजका विद्यार्थीको आन्दोलन स्थगित



चितवन । सहमतिअनुसार बढी लिएको शुल्क फिर्ता गर्न २४ घण्टे अल्मिमेटम दिएका चितवन मेडिकल कलेजका विद्यार्थीहरुले आन्दोलन गर्ने तयारी स्थगित गरेका छन् ।

बडादशैं नजिक आएको र हरेक विद्यार्थीहरु घर जानुपर्ने भएकाले हाललाई आन्दोलन स्थगित गरिएको चिकित्सा शिक्षा संर्घष समितिका संयोजक प्रकाश चन्दले जानकारी दिए ।

अध्यनरत विद्यार्थी र उनीहरुका अभिभावकले आइतबार मात्रै विज्ञप्ति जारी गरी सहमतिअनुसार काम नभएको भन्दै आन्दोलनको अल्टिमेटम दिएका थिए । चितवन मेडिकल कलेज अगाडि भेला भएका विद्यार्थी र अभिभावकहरुले जिल्ला प्रशासन कार्यालय चितवनमा गत असोज ४ गते भएको सहमतिअनुसार शुल्कको भर्पाइ दिएर रकम फिर्ता गर्न माग गरे । सहमतिमा असोज १० गतेसम्म कलेजले लिएको भनिएको अतिरिक्त शुल्कको भर्पाइ रसिद दिने र सो बारेको प्रतिवेदन बनाउने भन्ने उल्लेख छ ।

मेडिकल कलेजका प्रतिनिधिहरुले भर्पाइ नदिने, प्रतिवदेन तयार पार्ने काममा आलटाल गर्ने र नाजायज विवाद झिकेकाले प्रतिवदेन तयार हुन नसकेको उनीहरुले बताए ।

मेडिकल कलेज सञ्चालकहरुले सरकारलाई पनि प्रभावमा पारेको उनीहरुको दाबी छ । भेलामा अभिभावकहरुका तर्फबाट छजनाले बोलेका थिए । उनीहरुले दशैंपछि आन्दोलन चर्काउने चेतावनी दिए ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..