साबित्रा मिस धनकुटा–२०१९ को ट्यालेन्ट राउण्ड पार गर्दै अन्तिम चरणको छनौटमा पर्न सफल



पाख्रिबास । महिलाकाे प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यका साथ ‘मोनाली इन्टरटेन्मेन्ट एण्ड इभेन्ट’ प्रालि काठमाडौंको आयोजनामा धनकुटामा भइरहेको मिस धनकुटा–२०१९ मा गत असोज ११ गते सम्पन्न ट्यालेन्ट राउण्ड पार गर्दै पाख्रिबास नगरपालिका-३ की साबित्रा घिमिरे(रोजा नानु) अन्तिम चरणको छनौटमा पर्न सफल भएकी छिन् ।

घिमिरे हाल जालपादेवी क्याम्पस पाख्रिबासमा स्नातक चाैथाे बर्षमा अध्यनरत रहनुका साथै यसै क्याम्पसको स्ववियु सभापति समेत रहेकी छन् । प्रतियोगितामा घिमिरेको प्रतियाेगी अंक २४ रहेको छ ।

मिस धनकुटाको फाइनल कार्यक्रम प्रस्तोता रिमा विश्वकर्माले संचालन गर्नेछ भने निर्णायकमा महानायक राजेश हमाल, नायक तथा गायक बाबु बोगटी, मिस नेपाल उषा खड्गी, नायिका रिचा शर्मा लगायतका रहने छन् । असोज १८ गते बेलुका ५ बजेबाट त्रिबेणी स्कुल धनकुटा-७ मा हुने फाइनल कार्यक्रमबाट  प्रतियोगीहरु मध्येबाट पहिलो मिस धनकुटाको चयन गरिनेछ ।

प्रतियोगितामा विजेताले स्कुटर, १० लाखको जीवन बिमा, एयर होस्टेज तालिम, थाइल्याण्डको भ्रमण र म्यूजिक भिडियोमा अभिनयको अवसर पाउने छन् भने द्वितीय हुनेलाई नगद ४० हजार, पाँच लाखको जीवन बिमा, एयर होस्टेज तालिम, थाइल्याण्डको भ्रमण र म्यूजिक भिडियोमा अभिनय र तृतीयलाई नगद २० हजार, एयर होस्टेज तालिम, थाइल्याण्डको भ्रमण र म्यूजिक भिडियोमा अभिनयको अवसर हुने छ ।

सम्बन्धित समाचार