भोजपुरमा विदेशी पर्यटकको भब्य स्वागत



भोजपुर ।पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै भोजपुरमा पनि विदेशी पर्यटक भित्रिन थालेका छन् । नेपाल सरकारको उत्कृष्ट १०० ओटा पर्यटकिय क्षेत्रको सुचीमा पर्न सफल मुन्दुम ट्रेलको ट्रेकिङका लागि सोमबार भोजपुर बजार आईपुगेका ७ जना अमेरिकन पर्यटकहरुलाई भव्य स्वागत समेत गरिएको छ । उनिहरुले मंगलबारबाट सो क्षेत्रको भ्रमण शुरु गर्ने टेम्केमैयुङ गाउँपालिका अध्यक्ष ध्रुवराज राईले जानकारी दिए ।

पर्यटकलाई स्वागत गर्न संघिय सांसद सुधन किराँती लगाएत जिल्लाका विभिन्न निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो । भोजपुर जिल्लामा आउन पाउदा आफूहरुलाई निकै खुसी लागेको पर्यटकहरुले प्रतिक्रिया दिएका छन् । पर्यटकहरुलाई भोजपुरको देउराली, भोजपुर नगरपालिका, र चेङवेनी चोकमा स्वागत गरिएको हो

सम्बन्धित समाचार