खाँदबारीमा नयाँ नोटः पाउनेले साढे सात, नपाउनेको खाली हात



राष्ट्रिय बाणिज्य बैक खाँदबारीमा नयाँ नोट साट्न बैंक आएकाहरुको भिड ।

खाँदबारी । राष्ट्रिय बाणिज्य बैक खाँदबारी शाखाले बुधबार र बिहिबार गरि दुई दिन नयाँ नोट साट्यो । टाढाबाट नोट साट्न बैंकसम्म आएकाहरु घण्टौं लाईन बसेर नोट साटेका छन् ।

तर, अधिकांसले भने यसरी लाईन बसेर पनि रित्तो हात फर्कनु परेको छ । लामो समयसम्म लाईन बसेपनि नयाँ नोट नपाएपछि गुनासो गर्दै घर फर्किएका छन् । खाँदबारी स्थीत राष्ट्रिय बाणिज्य बैंकबाट नयाँ नोट साट्नको लागि चार दिन अघिदेखि नै गाउँगाउँबाट सेवाग्राहीहरु खाँदबारी आएका थिए । तर ती मध्ये अधिकांसले नयाँ नोट पाएका छैनन् । खाँदबारीमा नोट साटहीको लागि सङ्खुवासभा सहित भोजपुरका उत्तरी क्षेत्रका नागरिकहरुको बाक्लो उपस्थिती रहेको थियो ।

पहिलो दिन बुधबार बैंकले निश्चित समय भित्र मात्र नोट साट्ने भएपछि लामो समयसम्म लाईन बसेकाकाहरु फर्केका थिए । उसैगरि दोश्रो दिन विहिबार पनि नयाँ नोटको लागि बैंकमा लाम लगाएर बसेका थिए । उक्त दिन नयाँ नोट नै सकिएको बैंकले बताएपछि उनीहरु घर फर्किन बाध्य भएका हुन् । बैंकले थोरैथारै भएपनि सवैलाई रकम बाँडेको भए सवैको चित्त बुझाउने ठाउँ रहने उनीहरुको दुखेसो छ । यस पटक बैंकले प्रतिब्यक्ति सात हजार पाँच सयको दरले नयाँ नोट साटेको थियो । उक्त रकमको दरलाई केही घटाएको भए सवैलाई पुग्ने उनीहरुको दावी छ ।

राष्ट्रिय बाणिज्य बैंक खाँदबारी शाखाका अनुसार दुई दिनमा ७५ लाख रुपैयाँ बराबरको नयाँ नोट साटिएको छ । यस बर्ष एक हजार जनालाई रकम बाँड्ने योजना रहेको र सोही अनुसार वितरण गरिएको बैकका शाखा प्रबन्धक अनिस रायमाझीले जानकारी दिनुभयो । यस पटक माथिल्लो निकायबाट नै थोरै नोट आएकोले सवैलाई पुराउन नसकिएको रायमाझीले स्पष्ट पार्नुभयो । हजार जना जत्तिले नोट साट्न सक्ने भन्ने अनुमानले सात हजार पाँच सयको दरले नोट छुटाईएकोले सोहि अनुसार वितरण गरिएको उहाँले बताउनुभयो । त्यत्ति धेरै नोट साट्नेहरुको भिडको अपेक्षा नगरिएकोले सवैलाई नोट पुराउन नसकिएको प्रबन्धक रायमाझीले स्वीकार गर्नुभयो ।

यस बर्ष खाँदबारीका अन्य बैंकहरुलाई पनि नयाँ नोट दिईएको थिएन । बाणिज्य बैंकले थोरै परिणाममा मात्र नयाँ नोट दिने भएपछि अन्य बैंकहरुले नयाँ नोट नलिएको प्राईम कमर्सियल बैंक खाँदबारी शाखाका प्रबन्धक सोनाम लामाको भनाई छ । थोरै परिणाममा नोट ल्याएर केही काम नदिने भएपति नयाँ नोट नल्याईएको लामाले स्पष्ट पार्नुभयो । अपुग नोटले वितरणमा समस्या ल्याउने भएपछि नल्याएको उहाँको भनाई छ । यसरी अन्य बैंकहरुले पनि सेवाग्राहीलाई नयाँ नोट नदिएकोले पनि राष्ट्रिय बाणिज्य बैंकमा सेवाग्रहीहरुको भिड बढेको हो ।

बैकमा नोट साट्न आउनेहरुको भिडको भिडियो हेर्नुहोस ।

सम्बन्धित समाचार