संखुवासभाः बलात्कार गरेको आरोपमा भारतीय पक्राउ




खाँदबारी । जिल्लाको मादी नगरपालिकामा महिलालाई बलात्कार गरेको आरोपमा एक भारतीय पक्राउ परेका छन् । स्थानीय मानसिक रोगी समेत रहेकी महिलालाई बलात्कार गरेको आरोपमा भारतको माल्दाका ३९ बर्षिय शेफ आईतबार कुलिन पक्राउ परेका हुन् ।

महिलालाई जंगलमा जबरजस्ती करणी गरीरहेको अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । केही वर्ष अघिदेखि कवाडी सामान खरिदका क्रममा मादी आउने जाने गरेका कुलिनलाइ प्रहरी चौकी मादीराम्बेनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । कुलिनको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

सम्बन्धित समाचार