दाेस्राे पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगितामा पञ्चायन फुटवल क्लव धरान बिजयी



पथरी । पथरीमा जारी दाेस्राे पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगितामा (विहिबार) भएको खेलमा पञ्चायन फुटवल क्लव धरान बिजयी भएकाे छ । ट्राइवेकरमा पथरी स्पाेटिङ क्लव पथरीशनिश्चरेलाए १ बिरुद्ध ३ गाेल अन्तरले पराजित गरेकाे हाे ।

निर्धारीत खेलमा २/२ गाेलकाे बराबर भएपछि खेलकाे निर्णय ट्राइवेकरमा भएकाे थियाे । पन्चायन धरानको तर्फबाट अजित तामाङ, आविस्कार खड्का र रोशन भुजेलले गोल गरेका थिए ।
आयोजक पथरीको तर्फबाट सन्तोष न्यौपानेले गोल गरेपनी सुबास तामाङ, मीन धिमालले प्रहार गरेकाे गाेल बाहिरिएकाे थियाे भने विशाल पाण्डेकाे प्रहार धरानका गोल रक्षक निशान राजधामिले बचाएका थिए ।

खेल अवधिमा पहिलो हापको २ मिनेटमा पथरी स्पाेटिङका योगेस तामाङ र २७ औं मिनेटमा विशाल पाण्डेले गोल गरे पनि दाेस्राे हाफकाे ६ र ७ औं मिनेटमा धरानका तिर्थ बस्नेतले २ गोल फर्काउदा खेल बराबरी भएकाे थियाे । खेलको म्यान अफ दि म्याच पञ्चायन फुटवल क्लव धरानका तिर्थ बस्नेत घोषित भए । भोलि (सुक्रबार)को खेल शसस्त्र प्रहरी बेस क्याम्प (एपीएफ) झापा र साबिक विजेता लेटाङ फुटबल क्लबले मोरङवीच प्रतिस्पर्धा हुने आयिजक सुनाखरी युवा क्लबका खेल संयोजक नवीन ढकालले बताए ।

सम्बन्धित समाचार