मानेभञ्ज्याङ कप फुटबल प्रतियोगिता सुरु, एड्भान्स क्लवको विजयी सुरुवात




खाँदबारी । मानेभञ्ज्याङ युवा परिचालन समुह खाँदबारी ३ मानेभञ्ज्याङको आयोजनामा आजबाट मानेभञ्ज्याङ कप फुटबल प्रतियोगिता सुरु भएको छ । महेन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा सुरु भएको प्रतियोगितालाई प्रदेश सभा सदस्य पुर्ण प्रसाद राईले उद्घाटन गर्नुभएको छ ।

उद्घाटन कार्यक्रममा जिल्लाका राजनितिक दलका प्रमुखहरु, जनप्रतिनिधीहरु, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको बाक्लो उपस्थिती रहेको थियो । त्यस्तै, दर्शकहरुको पनि बाक्लो उपस्थिती रहेको थियो । प्रतियोगितालाई खाँदबारी नगरपालिकाका प्रमुख मुरारी खतिवडा, साहित्यकार ताराबहादुर बुढाथोकी, जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य र प्रदेश सांसद पुर्ण प्रसाद राईले सम्बोधन गरेका थिए ।

कार्यक्रममा बोल्नुहुँदै प्रदेश सभा सदस्य पुर्णप्रसाद राईले एड्भान्स क्लवले फुटबल खेलको क्षेत्रमा पुराएको योगदानको चर्चा गर्नुभयो । बर्षेनी फुटबल खेलाएर नयाँ जोस र जाँगर भएका युवाहरुलाई खेल क्षेत्रमा ल्याई खेलकुद क्षेत्रमा एड्भान्सले योगदान पुराएको सांसद राईले बताउनुभयो । खेलकुदको क्षेत्रबाट समाज सुधारमा योगदान पुग्ने भन्दै आफुले सक्ने सहयोग गर्ने समेत राईले प्रतिबद्धता जनाउनुभयो ।

यसै विच आज भएको पहिलो खेलमा एड्भान्स क्लव मानेभञ्ज्याङले पांमा सामुदायिक विकास केन्द्रलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । खेलको पहिलो हाफमा एड्भान्सले २ गोल गरेको थियो भने पांमाले एक गोल फर्काएको थियो । दोश्रो हाफमा पनि एड्भान्सले एक गोल थपेपनि पांमाले गोल गर्न नसकेपछि एक गोलमा नै सिमित बन्नु परेको थियो ।

दोश्रो खेल भोली विहान अरुण क्लव मानेभञ्जायङ र एकता परिवार खाँदबारी ३ विच हुने छ । भोलीको खेल विहान ७ बजेबाट सुरु हुने आयोजकले जनाएको छ । जम्मा २० टिमको सहभागीता रहेको प्रतियोगितामा मोरङ र सुनसरी जिल्लाको पनि सहभागीता छ ।

प्रतियोगिताको विजेताले नगद एक लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै उपविजेताले नगद पचास हजार, ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछन् भने सान्त्वना हुनेले नगद २० हजार मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिता कातिक ६ गते सकिने छ ।

https://www.youtube.com/watch?v=Eq9iwQrpkiM

सम्बन्धित समाचार