सेपाक ताक्रो खेल यसरी खेलौ (भिडियो)




खाँदबारी । सेपाक ताक्रो खेल धेरैको लागि नयाँ हो । अन्य खेलको तुलनामा यो खेल नेपाल भित्रिएको पनि त्यत्ति धेरै भएको छैन । अझ पुर्वी पहाडी जिल्लाहरुमा त यो नौलो नै हो । संखुवासभामा भने विगत ४ बर्षदेखि छिटफुट खेलाईदै आएको छ । कातिक ७ र ८ गते पनि सेपाक ताक्रो संघ संखुवासभाको आयोजनामा प्रतियोगिता हुँदै छ ।

यस खेलको अन्तराष्ट्रिय रेफ्री समेत संखुवासभामा नै रहेकोले अन्य पहाडी जिल्लाको तुलनामा यस खेलले संखुवासभामा केही हदसम्म भएपनि निरन्तरता पाईरहेको छ । यो खेल कस्तो हो ? कसरी खेल्ने ? लगायतको जिज्ञासा लिएर हामी अन्तराष्ट्रिय रेफ्री मेघराज तोलांगीलाई भेटेका छौं । उहाँ कार्यरत विद्यालय सुर्य आवासिय मावि पुग्दा त्यहाँका विद्यार्थीहरुलाई प्रशिक्षणको काम गरिरहेको भेट्यौं, हामीले यस खेलबारे जिज्ञासा राखेका छौं । हेरौं यो भिडियो ।

सम्बन्धित समाचार