संखुवासभाः सेनामा भर्ती गराइदिने भन्दै रकम असुल्ने पक्राउ




खाँदबारी । नेपाली सेनामा भर्ती गराइदिने भन्दै रकम असुल्ने एकजना पक्राउ परेका छन् । खाँदबारीबाट हालै लिईएको भर्नाको क्रममा भनसुन गरेर भर्ती गराईदिने भन्दै रकम असुलेपछि चिचिला गाउँपालिका–१ का राजु भन्ने राजकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो ।

राईले सैन्य पदका उम्मेदवारसँग रकम असुलेको आरोपमा पक्राउ गरिएको जिल्ला प्ररही कार्यालय संखुवासभाले जनाएको छ । राईले बराहदल गुल्म खाँदबारी ब्यारेक संखुवासभामा आवेदन फारम भरेका सैन्य पदका उम्मेदवारसँग सेनामा भर्ती गराइदिने आश्वसन दिएर रकम अशुलेका प्रहरीले जनाएको हो । उनले सैन्य उम्मेदवारको आमासँग एक लाख २० हजार रुपैयाँ मागेको बताइएको छ । ८० हजार रुपैयाँ दिने समझदारी भएपछि उमेद्वारको आमाले अग्रीम ५० हजार रकम बुझाएको थिए । राईले सेनामा जागिर लगाइदिने प्रलोभन देखाएर ठगी गरेको सूचना पाएपछि संखुवासभा प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक सन्तोष राईले बताउनुभयो ।

राईलाई प्रहरीले ५८ हजार रुपैयाँ सहित पक्राउ गरिएको प्रहरी निरिक्षक राईको भनाइ छ । प्रलोभन देखाई ठगी गर्न राईलाई जिल्ला अदालत चैनपुरबाट म्याद थप अनुमति लिएर अनुसन्धानको भइरहेको प्रहरीले जनाएको छ । ठगी आरोप लागेका राईलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासत छन् ।

सम्बन्धित समाचार