मानेभञ्ज्याङ कपको फाईनलमा सित्तलपाटी र हाङ्थुङ भिड्ने




खाँदबारी । खाँदबारी ३ मानेभञ्ज्याङमा जारी चौथो मानेभञ्ज्याङ कप फुटबल प्रतियोगिताको फाईनलमा हाङ्थुङ क्लव मादी र सित्तलपाटी फुटबल क्लव विच प्रतिष्पर्धा हुने भएको छ । आज भएको सेमी फाईनल खेलमा विजेता बन्दै मादी र सित्तलपाटी फाईनल चरणमा पुगेको हो ।

हाङ्थुङ क्लव मादीले एड्भान्स क्लव मानेभन्ज्याङ पराजित गरेर फाईनलमा पुगेको हो । निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि ट्राईबेकरमा हाङथुङले ५ गोल गरेको थियो । एड्भान्स क्लव भने ४ गोलमा सिमित बनेपछि फाईनलमा जाने सपना सकिएको थियो ।

सित्तलपाटी फुटबल क्लवले नवयुग युथ क्लव पोखरी चैनपुरलाई हराएर फाईनल चरणमा पुगेको हो । सित्तलपाटीले १ को विरुद्ध ३ गरेर नवयुगलाई हराएको थियो । सेमि फाईनलमा पराजित भएका एड्भान्स क्लव मानेभञ्ज्याङ र नवयुग युथ क्लव सान्त्वना स्थानमा सिमित बनेका छन् ।

प्रतियोगिताको फाईनल खेल भोली दिउँसो १ बजे हुने आयोजकले जनाएको छ । त्यस अघि भने मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम र महिलाहरुको मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुने बताईएको छ ।

प्रतियोगिताको विजेताले नगद एक लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै उपविजेताले नगद पचास हजार, ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछन् भने सान्त्वना हुनेले नगद २० हजार मेडल र प्रमाणपत्र पाउनेछन् ।

सम्बन्धित समाचार