चौथो मानेभञ्ज्याङ कप सित्तलपाटीले जित्यो, हाङ्थुङ क्लव उपविजेतामा सिमित




खाँदबारी । मानेभञ्ज्याङ युवा परिचालन समुह खाँदबारी ३ मानेभञ्ज्याङले आयोजना गरेको चौथो मानेभञ्ज्याङ कप फुटबल प्रतियोगिताको उपाधी सित्तलपाटी फुटबल क्लवले जितेको छ । आज भएको फाईनल खेलमा हाङ्थुङ युथ क्लव मादिलाई २–० गोल अन्तरले हराउदै उपाधी चुमेको हो ।

खेलको एक मिनेटमा नै सित्तलपाटीले एक गोल गरेको थियो । खेलको सुरुवातीदेखि नै आक्रमक रुपमा प्रस्तुत भएको सित्तलपाटीले पहिलो हाफको २० मिनेटमा अर्को गोल गरेको थियो । खेलको दोश्रो हाफमा भने दुवै टिमले गोल गर्न सकेनन् । हाङ्थुङ क्लवले भने पटक पटक गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । सित्तलपाटी फुटबल क्लवसँग पराजित भएसँगै हाङ्थुङ उपविजेतामा सिमित बनेका छन् ।

उत्कृष्ठ विधा तर्फका सवै पुरस्कारहरु पनि सित्तलपाटी फुटबल क्लवका खेलाडीहरुले जितेका छन् । उत्कृष्ठ खेलाडीको पुरस्कार बिजु भुजेलले जितेका छन् । सर्वाधिक गोल कर्ता तर्फको पुरस्कार प्रताप राई र उत्कृष्ठ गोल रक्षकको पुरस्कार रामु राईले जितेका हुन् । विजेता बनेका सित्तलपाटीले नवयुग युथ क्लव पोखरी चैनपुरलाई पराजित गरेर फाईनलमा पुगेको थियो । उपविजेता हाङ्थुङले एड्भान्स क्लव मानेभञ्ज्याङलाई हराएपछि फाईनलमा पुगेको थियो ।

उपाधि जितेसँगै सित्तलपाटी फुटबल क्लवले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । उपविजेतामा सिमित बनेका हाङ्थुङ क्लवले नगद पचास हजार, ट्रफी, मेडल र प्रमाण पत्र पाएका छन् भने सान्त्वना नवयुग युथ क्लव पोखरी र एड्भान्स क्लव मानेभञ्ज्याङले जनही नगद २० हजार मेडल र प्रमाणपत्र पाएका छन् । प्रतियोगिताको उत्कृष्ठ खेलाडी बिजु भुजेलले नगद पाँच हजार हात पारेका छने भने उत्कृष्ठ गोल रक्षक रामु राई र सर्वाधिक गोलकर्ता प्रताप राईले जनही २ हजार पाँच सय रुपैयाँ प्राप्त गरेका छन् । उनीहरुलाई नगद सहित ट्रफी, मेडल र प्रमाण पनि प्रदान गरिएको छ ।

कातिक १ गतेबाट सुरु भएको फुटबल प्रतियोगितामा सुनसरी र मोरङ २० टिमको सहभागीता रहेको थियो ।

सम्बन्धित समाचार