सङ्खुवासभामा पहिलो पटक सेपाक ताक्रो प्रतियोगिता




खाँदबारी । सङ्खुवासभा जिल्लामै पहिलो पटक जिल्ला स्तरिय सेपाक ताक्रो खेलकुद प्रतियोगिता आयोजना गरिएको छ । सेपाक ताक्रो संघ सङ्खुवासभाको आयोजनामा आजबाट प्रतियोगिता सुरु गरिएको हो ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा सेपाक ताक्रो संघका केन्द्रीय अध्यक्ष नेत्रप्रसाद गुरुङ, केन्द्रिय सचिव नेसिर मास्केको उपस्थिती रहेको थियो । प्रतियोगितामा पुरुष तर्फ १६ टिमको सहभागीता रहेको छ भने महिला तर्फ ३ टिमको सहभागीता रहेको छ । आज भएको खेलबाट एड्भान्स क्लव मानेभञ्ज्याङ, हिमालय मावि र आदर्श मावि पिप्ले सेमि फाईनलमा प्रवेश गरेका छन् । बाँकी खेलसँगै भोली प्रतियोगिता समापन हुने संघका अध्यक्ष रोषन थापामगरले जानकारी दिनुभयो ।

प्रतियोगितामा राष्टिय टिमका खेलाडीहरुले खेल प्रदर्शन गरेका छन् । सङ्खुवासभामा यो खेल नयाँ भएकोले राष्टिय टिमका खेलाडीहरुलाई प्रदर्शन मुलक खेल खेलाईएको अध्यक्ष थापा मगरले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार