नेकपा संखुवासभाद्वारा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना




खाँदबारी । नेपाल कम्युनिष्ट पार्टी संखुवासभाले चियापान तथा शुभकामना आदानप्रदानको कार्यक्रम आयोजना गरेको छ । जिल्ला कमिटीले दशै, तिहार, छट लगायतको चाडपर्वको अवसरमा खाँदबारीको पोखरी पार्कमा कार्यक्रमको आयोजना गरेको हो ।

जिल्ला कमिटि अध्यक्ष हेमराज घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय सभा विधायन समितिका अध्यक्ष पर्शुराम मेघि गुरुङ प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रममा सङ्खुवासभा ईञ्चार्ज राजेन्द्र राई, सहईञ्चार्ज राजेन्द्र कार्की, प्रतिनिधी सभा सदस्य राजेन्द्र गौतम, प्रदेश सभा सदस्यहरु लगायतका जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो । त्यस्तै अन्य राजनितिक दलका प्रमुख तथा प्रतिनिधीहरुको पनि बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा प्रतिनिधी सभा सदस्य राजेन्द्र गौतम, जिल्ला ईञ्चार्ज राजेन्द्र राई, प्रदेश सभा सदस्यहरु सरिता खड्का, तुलसी न्यौपाने, जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य र नेपाली कांग्रेस सङ्खुवासभाका सभापति दिपन कुमार श्रेष्ठले शुभकामना मन्तब्य राख्नुभएको थियो । विभिन्न अवसरमा आयोजना गरिने यस्ता कार्यक्रमहरुले सवैमा सामिप्यता बढाउने बक्ताहरुको भनाई थियो ।

त्यस्तै, नेपाली कांग्रेस खाँदबारी नगरपालिका ८ नम्बर वडा समितिले पनि शुभकामना आदान प्रदान कार्यक्रमको अयोजना गरेको छ । आज आयोजना गरिएको कार्यक्रममा जिल्ला सभापति दिपन कुमार श्रेष्ठ प्रमुख अतिथी रहनुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता मुक्तिसिं राई, नेपाल ट्रेड युनियन अध्यक्ष रितेश लिम्बु लगायतका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार