खाँदबारी ३ का लागि नेकपा र कांग्रेसका उम्मेदवार सर्वसम्मत



खाँदबारीः संखुवासभाको दुई खाली पद मध्ये खाँदबारी नगरपालिका वडा नं. ३ को अध्यक्षमा नेपाली कांग्रेस र नेकपाले सर्वसम्मत उमेदवार चयन गरेको छ । नेकपाको तर्फबाट भरत कुमार घिमिरे चयन हुनुभएको छ भने नेपाली कांग्रेसले विक्रम गुरुङ सर्बसम्मत चयन हुनुभएको छ ।

वडा नम्बर ३ मा रिक्त वडा अध्यक्षका लागि नेकपाले कात्तिक ५ गते नै उम्मेदवारको टुङ्गाएको थियो। भने कांग्रेसले १० गते आइतबार टुङ्गो लगाएको हो। नेकपाको ५ गते बसेको वडा समितिको बैठकले सर्वसम्मत भरत घिमिरेलाई पठाउने निर्णय गरेको नेपकपा वडा समितिले जनाएको छ। सुरुमा वडा अध्यक्षको उम्मेदवारका लागि नौ जनाको नाम आएकाले सहमति जुट्न सकस परेको नेकपा वडा नम्बर ३ का अध्यक्ष भानु पराजुलीले बताउनुभयो । नेपाली कांग्रेसले पनि सहमति जुटाउन पटक–पटकको छलफल पछि उमेदवारको टुंगो लगाएको हो ।

कांग्रेसबाट उम्मेदवारका लागि बाबुराम खत्री, डिल्ली श्रेष्ठ, राजकुमार श्रेष्ठ,र बालकुमार घिमिरेले उम्मेदवारको दाबी गर्दै आएका थिए । पार्टीले आइतबार मात्रै उम्मेदवारको नाम सिफारिस गरेको कांग्रेस संखुवासभाका सभापति दिपनकुमार श्रेष्ठले जानकारी दिनुभयो । उमेद्वारको टुंगो लागेसँगै भोट माग्न सुरु गरिएको नेताहरुले बताएका छन् ।

मकालु गाउँपालिकाको अध्यक्ष पदको लागि भने अझै उमेद्वारको टुंगो लागेको छैन । त्यसमा पनि सर्वसम्मत उमेदवार चयन गर्ने दलहरु लागि परेका छन् । जिल्लामा सहमती नभए प्रदेशले अन्तिम टुंगो लगाउने बताईएको छ ।

सम्बन्धित समाचार