खाँदबारीमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन




खाँदबारी । भारतले राजनितिक नक्सा निकाल्ने क्रममा कालापानी, लिपुलेक लगायतका नेपाली भुभाग मिचेको बिरोधमा संखुवासभामा पनि विरोध सुरु भएको छ । जिल्लाका स्वतन्त्र युवाहरुले आज खाँदबारी बजारमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेर विरोध गरेका हुन् ।

सय भन्दा बढी युवाहरुको सहभागितामा आयोजना गरिएको र्यालीपछि खाँदबारी १ स्थीत चाँदनी चोकमा मोदीको पुत्ला दहन गरेका थिए । स्थानीय युवा ध्रुब खड्काको संयोजकत्वमा आयोजित कार्यक्रमका सहभागी युवाहरुले भारतीय हस्तक्षेप विरुद्ध नाराबाजी समेत गरेका थिए ।

आगामी दिनमा घटना क्रमको अवस्था हेरेर थप कार्यक्रमहरु तय गरिने कार्यक्रमका संयोजक खड्काले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार