संखुवासभाः चैनपुरमा प्रदेश स्तरिय लाखे नाँच प्रतियोगिता हुने




खाँदबारी । सङ्खुवासभाको चैनपुरमा एक नम्बर प्रदेश स्तरिय लाखे नाच प्रतियोगिता हुने भएको छ । चैनपुर सेवा युवा क्लवको आयोजना र नेवा देय दबु चैनपुर नगर समितीको समन्वयमा प्रतियोगिता हुने भएको हो ।

चैनपुर बजारमा आगामी मंसिर ७ गतेदेखि ९ गतेसम्म तीन दिन प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा सहभागिताको लागि प्रदेश १ का सवै नेवा देय दबुहरुलाई पत्राचार गरिसकिएको आयोजक संस्थाका अध्यक्ष रञ्जन श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुनेले नगद ५५ हजार ५ सय ५५, दितिय हुनेले ३३ हजार ३ सय ३३, तृतिय हुनेले २२ हजार २ सय २२ र सान्त्वना हुने टोलीले ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी हुन आउने ११ जनालाई खाना र बस्नको ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार