भारत विरुद्ध विद्यार्थीहरुद्वारा खाँदबारीमा प्रदर्शन




खाँदबारी । भारतले आफ्नो राजनितिक नक्सा निकाल्ने क्रममा कालापानी, लिपुलेक, लिम्पीयाधुरा लगायतको नेपाली भुभाग मिचेको विरोधमा किरात राई विद्यार्थी संघ संखुवासभा र अनेराश्वबियु बरुण बहुमुखि क्याम्पसले विरोध र्याली निकालेका छन् । नेपाली भुमिको रक्षाको माग गर्दै आज खाँदबारीमा संयुक्त रुपमा र्यालीको आयोजना गरेका हुन् ।

विद्यार्थीहरुले खाँदबारी १ का देवकोटा चोकबाट र्यालीको सुरुवात गरि पोखरी बजार, प्रहरी गेट, टुँडीखेल लगायतका स्थानको परिक्रमा गरि पोखरी पार्कमा कोणसभाका आयोजना गरेका छन् । नेपाली राष्टियताको पक्षको प्लेकार्ड बोकेर भारतीय कदमको विपक्षमा नाराबाजी गरेका छन् । आफ्नो निर्णयबाट भारत पछि हट्नु पर्ने, नेपाली भुमि मिचिएकोमा नेपाल सरकारले तत्काल ठोस कदम चाल्नु पर्ने लगायतका माग गरेका छन् ।

केही दिन अघि पनि स्वतन्त्र युवा समुहले यसको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको पुत्ला दहन गरेका थिए ।

सम्बन्धित समाचार