प्राविधिक धारको शिक्षा सरकारको उच्च प्राथमिकतामाः मन्त्री घिमिरे




सङ्खुवासभा । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्राविधिक धारको शिक्षा प्रदेश सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । प्रदेश स्तरिय बाल बिवाह विरुद्धको अभियान कार्यक्रमको क्रममा सङ्खुवासभा आईपुग्नुभएको मन्त्री घिमिरेले यस्तो बताउनुभएको हो ।

यस बर्षदेखि प्रदेश सरकार प्राविधिक शिक्षा र उच्च शिक्षामा केन्द्रीत भएको समेत मन्त्री अधिकारीले बताउनुभयो । प्रादेशिक विश्वविद्यालय र प्राविधिक शिक्षा प्रदेशको मातहतमा रहेको बताउनुहुँदै अब आ आफ्नो कार्यक्षेत्रमा केन्द्रित हुने बताउनुभयो ।

प्रदेश मातहतमा मनमोहन विश्वविद्यालय स्थापनाको तयारी पुरा भईसकेको जानकारी दिनुहुँदै यसै बर्षदेखि संखुवासभा सहितका पाँच वटा दुर्गम जिल्लामा प्राविधिक धारको शिक्षालय सञ्चालनमा ल्याउने तयारी गरेको उहाँले जानकारी दिनुभयो । त्यसको लागि सम्बन्धीत जिल्लामा प्राविधिक टोली पठाएर उक्त टोलीले बुझाएको प्रतिवेदनको आधारमा शिक्षालय सञ्चालन गरिने उहाँले बताउनुभयो ।

फरक प्रसंगमा बोल्नुहुदै मन्त्री घिमिरेले प्रदेशको नामाकरण घोषणा अन्तिम चरणमा पुगेको बताउनुभएको छ । नामाकरणका विषयमा धेरै नाम आए पनि अन्तिममा सर्वम्मत चयन हुने उहाँले बताउनुभयो । मन्त्री घिमिरेले भने हिउँदे अधिवेसनको पहिलो काम नै नामाकरण घोषणा गर्न भएको बताउनुभयो । विभिन्न क्षेत्र, जाती, सम्प्रदायबाट नाम प्रस्तावको रुपमा आउनु स्वाभाविक भएको बताउनुहुँदै अव सवैको सहमतिमा प्रदेशको नाम आउन लागेको उहाँले स्पष्ट पार्नुभयो । धेरै नामहरुमा सहमती खोज्ने क्रममा नै प्रदेशको नामाकरणमा ढिलाई भएको बताउनुहँुदै अव धेरै समय कुर्न नपर्ने उहाँको भनाई छ ।

सम्बन्धित समाचार