विद्यालय छोडेर खच्चर गोठालो



सङ्खुवासभा । करिव ४ फिट उचाई, कपाल रंगाएर रात्तै । १३ बर्षको नविन राईले यहि हुलियामा खच्चड पछ्याएको दुई बर्ष भयो । खाँदबारी नगरपालिकाको हेलुवाबेँशीबाट सिलिचोङ गाउँपालिका सामान ढुवानी गर्ने क्रममा खच्चडसँगै भेटिएका नविन अझै कहिलेसम्म खच्चडको गोठालो बन्ने भन्ने आफैलाई थाहा नभएको बताउनुहुन्छ ।

जिल्लाको उत्तरी क्षेत्रमा खच्चड पछ्याउनेहरुमा नवीन मात्र नभएर अधिकांस बालबालिकाहरु नै छन् । उनीहरुले दर्जन बढी खच्चडलाई भारि बोकाएर दुर्गम गाउँसम्म पुराउछन् । त्यस बापत उनीहरुले खच्चड मालिकबाट केही रकम लिन्छन् र मिठो मसिनो त्यसैले टार्छन् । उनीहरु त्यसैमा रमाउदै आएका छन् । विद्यालय जाने उमेरमा उनीहरु काममा खटिएका छन् । यसरी काममा खटिएका केहि वालबालिकाहरु आफ्नै खुसीमा हिडेका छन् भने केही अविभावकहरुकै अनुमतिमा खच्चडको गोठालो भएर काम गर्दै आएको स्वमं वालवालिकाहरु नै बताउछन् । आफ्नो पारिश्रमिकको केही अंश घरकै अविभावकहरुले बुझिलिने गरेको भोजपुरको खाटम्मा घर बताउने साङ्गे शेर्पाले बताउनुभयो ।

यसरी बालबालिकालाई काममा लगाउनु गैह्र कानुनी भएपनि यस विषयमा कसैले चासो दिएका छैनन् । त्यस्ता वालवालिकाहरुको विषयमा स्थानीय सरकार र मानव अधिकारकर्मीहरुको कुनै चासो देखिएको छैन । बालबालिकाहरुलाई यस्तो काममा लगाउदा उनीहरुको श्रम शोषणसँगै पढ्न पाउने अधिकारबाट बञ्चित छन् । विद्यालय उमेर समुहका बालबालिकाहरुलाई विद्यालय बाहिर नराख्ने अभियान देशभर चलेपनि यो अभियान सङ्खुवासभाका दुर्गम गाउँहरुमा प्रभावकारी हुन सकेको छैन ।

खच्चड गोठालोको रुपमा काम गर्ने बालबालिकाहरुको आधिकारीक तथ्याङ्क नभएपनि भोजपुर र सङ्खुवासभाको उत्तरी क्षेत्रमा ७ भन्दा बढी बालबालिकाहरु कार्यरत रहेको स्थानीय नागरिकहरु बताउछन् । उनीहरु एक ठाउँबाट अर्को ठाउँमा खच्चडबाट सामान ढुवानी गर्छन् । खच्चडमा भारी चढाउने, झार्ने र खच्चड खेदाउने उनीहरुको मुख्य काम हो । यसरी काम गर्ने बालबालिकाहरुले मासिक ३ देखि ८ हजार रुपैयाँसम्म पाउने गरेको पाईएको छ । नयाँ गोठालोले महिनौ पछि मात्र पारिश्रमिक पाउने समेत खच्चड गोठालोहरुले बताएका छन् । स्वातन्त्र भएर काम गर्दै आएका उनीहरु कुलतमा लागेको समेत पाईएको छ । उनीहरुलाई सम्बन्धीत निकायले बेलैमा ब्यवस्थापन गर्नु पर्ने देखिएको छ ।

सम्बन्धित समाचार