प्रदेश १ मा आज ५६ जना कोरोना संक्रमित थपिए, १,५८९ जना कोरोना मुक्त



धरान । प्रदेश १ मा आज ५६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा २६, मोरङमा १७, सङ्खुवासभामा ९ र झापामा ४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ६ महिला १४ पुरुष, कोसी गाउँपालिकामा ३ पुरुष, देवानगञ्ज र इनरुवामा १–१ पुरुष, इटहरीमा १ महिला, मोरङको विराटनगरमा ५ महिला ६ पुरुष, लेटाङमा १ महिला ४ पुरुष र बुढीगंगामा १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सङ्खुवासभाको खाँदबारीका १ महिला ८ पुरुष, झापाको कमल गाउँपालिकामा २ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३ हजार ३ सय ६७ पुगेको छ ।

प्रदेश १ बाट आज ५४ जना डिस्चार्ज भएका छन् । जनरल आइसोलेसन केन्द्र, हरिनगर सुनसरीबाट ३२, इलाम अस्पताल आइसोलेसन केन्द्र, इलामबाट १८ र होम आइसोलेसनबाट ४ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हाल सम्म १ हजार ५ सय ८९ जना कोरोनामुक्त भएका छन् ।

प्रदेश १ मा आज १ हजार ३ सय ९२ जनाको कोरोना परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १७ महिला र ३९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । प्रदेश १ मा हाल सम्म ८८ हजार ९ सय ९० जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार