नोबेल अस्पतालले गाउँ–गाउँ पुगेर स्वाब संकलन गर्ने



विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले कोरोना परीक्षणका लागि गाउँ–गाउँमा पुगेर स्वाब संकलन गर्ने भएको छ ।

अस्पतालमा आउनेहरूको मात्र स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दै आएको नोबेलले अब सरकारी मापदण्ड अपनाउँदै गाउँँ–गाउँमा पुगेर पनि स्वाब लिने भएको हो । अस्पतालमा धेरै मान्छे भेला भएर स्वाब दिँदा संक्रमण फैलने सम्भावना बढी भएकाले आवश्यकता अनुसार ठाउँ–ठाउँमा पुगेर स्वाब संकलन गर्ने व्यवस्था मिलाइएको नोबेल अस्पतालका निर्देशक डा. राजेश नेपालले जानकारी दिए ।

पालिका तथा वडाका जनप्रतिनिधिहरुले घुम्ती स्वाब संकलनका लागि आग्रह गरेकाले पनि यस्तो सुविधा उपलब्ध गराइएको डा.नेपाल बताउँछन् । अस्पतालले घुम्ती स्वाब संकलनको समन्वय र व्यवस्थापनका लागि अस्पताल प्रबन्धक नारायण दाहाललाई जिम्मेवारी तोकेको छ । सरकारी शुल्कमा पीसीआर परीक्षण गर्ने भएको हो ।

सम्बन्धित समाचार