संखुवासभाको चैनपुरमा प्रदेश १ स्तरीय खुल्ला पुरुष फुटबल प्रतियोगिता हुँदै



संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिकामा प्रदेश १ स्तरीय पुरुष फुटबल प्रतियोगिता हुने भएको छ। चैनपुर नगरपालिकाको आयोजनामा अगामी वैशाख ११ देखि तेस्रो चैनपुर मेयर गोल्डकप खुल्ला पुरुष फुटबल प्रतियोगिता हुने भएको हो।

नगरपालिकाले पत्रकार सम्मेलन गरी प्रतियोगिता सञ्चालन गर्ने जानकारी दिएको हो। खेलकुदको माध्यमबाट आन्तरिक पर्यटन प्रवर्द्धन गर्न प्रतियोगिता आयोजना गरिएको नगर प्रमुख भरतकुमार खत्रीले जानकारी दिए।

प्रतियोगिता वैशाख ११ देखि १८ गतेसम्म चैनपुर रंगशालामा हुनेछ। प्रतियोगिताका विजयी टिमले पाँच लाख ५५ हजार ५५५‚ उपविजेताले तीन लाख ३३ हजार ३३३ रुपैयाँ पाउने छन्। यस्तै‚ तृतीय र सान्त्वना टिमले समान एक लाख ११ हजार १११ रुपैयाँ पुरस्कार पाउनेछन्। सर्वोत्कृष्ट खेलाडीले १५ हजार, सर्वाधिक गोलकर्ताले १० हजार, उत्कृष्ट गोलरक्षकले १० हजार र प्रत्येक खेलका म्यान अफ द म्याचले पाँच हजार रुपैयाँ पाउने छन्।

सम्बन्धित समाचार