संखुवासभामा जन्मदोष पहिचान गर्न स्वास्थ्यकर्मीलाई दुई दिने अभिमुखिकरण



संखुवासभा । संखुवासभामा जन्मदोष पहिचान र अपांगता रोकथाम तथा पूनस्थापना गर्न दुई दिने अभिमुखिकरण कार्यक्रम सुरु गरिएको छ ।

सदरमुकाम खाँदबारीमा अपांगता रोकथाम तथा पूनस्थापना गर्न १० वटै स्थानीय तहका स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकरण तालिम संचालन गरिएको हो । स्थानीय स्तरमा जन्म दोषहरु पत्ता लगाउन पदेश सरकार सामाजिक मन्त्रलायल,स्थानिय तह र करुणा फाउण्डेसन नेपालको आयोजनामा आज बाट अभिमुखिकरण कार्यक्रम सुरु भएको हो । अपांगता रोकथाम तथा पूनस्थापना गर्न कार्यक्रमले स्थानीय तहका सेवा प्रदायक संरचनाहरुलाई सुदृण गर्दे जन्मजात तथा जन्म पश्चात हुन सक्ने अपांगता भएकाहरुको न्यूनिकरण गर्न स्वास्थ्यकर्मीलाई अभिमुखिकरण तालिम दिइएको करुणा फाउण्डेसन नेपाल संखुवासभाका टिम लिडर सुरज कुमार सरदारले जानकारी दिए । मातृशिशु तथा बाल मृत्युदर कम गर्न र अपांगता भएका ब्यक्तिहरु सहितको समावेशी समाजको निर्माण गर्न लक्ष्यका साथ जिल्लाका १० वटै पालिकामा कार्यक्रम संचालन भइरहेको फाउण्डेसनका टिम लिडर सरदारले बताए । स्वास्थ्यकर्मीलाई अभिमुखिकरण दिने विषय विज्ञका रुपमा डा।बालकृष्ण शाह र डा।सत्य नारायण चौधरी रहेका छन् । गर्भावस्थामा जथाभावी औषधीको सेवन गरेमा,गर्भावस्थामा भएका बेला दादुरा, यौनरोग जस्ता संक्रमण बाट जन्मदोष हुने गरेको छ । कार्यक्रममा १० वटै स्थानीय तहका स्वास्थ्य संयोजक र स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको उनले बताए ।

करुणा फाउण्डेसन नेपाल संखुवासभाले स्थानीय स्तरमा विभिन्न कारण बाट अपांगता भएका ब्यक्तिको पहिचान गर्दे परिचयपत्र वितरण तथा अपांगता ब्यक्तिको उपचार तथा पूर्नस्थापना गर्न शिविर समेत संचालन गरिरहेको कवरुण फाउण्डेसनले जनाएको छ । स्थानीय स्तरमा अपांगता भएका ब्यक्तिहरुको समस्या पहिचान गर्दे आगामी दिनमा उपचार तथा पुर्नस्थापना गर्ने उद्देश्य रहेको करुणा फाउण्डेसनले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितीका प्रमुख सुमन शाक्यले करुणा फाउण्डेसनले जिल्लामा सहरानीय कामको थालनी गरेको बताए । करुणा फाउण्डेसनले यस क्षेत्रमा गरेको काम सामान्य देखिए पनि पीडितले ठूलो राहत पाउने बताए । अपांगता भएका ब्यक्तिको पहिचान गर्दे उपचार र पुर्नस्थापनाा लागि महत्वपूर्ण भूमिका रहेका उनले बताए । कार्यक्रमको सभापति जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाह्रकोटीले गरेका थिए । भने कार्यक्रमको संचालन करुणा फाउण्डेसन संखुवासभाका कार्यक्रम अधिकृत मनोज पौडेलले गरेको थिए । कार्यक्रममा करुणा फाउण्डेसन प्रदेश कायौलयका बरिष्ठ कार्यक्रम अधिकृत मजेबुल आलमको समेत उपस्थिती भएको थियो ।

सम्बन्धित समाचार