अरुण तेस्रो आयोजनाका एक मजदुरको मृत्यु


२५ श्रावण २०७८, सोमबार


संखुवासभा । संखुवासभामा निर्माणाधीन ९ सय मेगावटको अरुण तेस्रो जलविद्युत आयोजनाको ड्यामसाइड कार्यरत एक मजदुरको मृत्यु भएको छ।

मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा कार्यरत भोजपुर नगरपालिका–२ हेलौछाका खड्ग बहादुर गुरुङको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले शनिबारबाट बेपत्ता भएका गुरुङ आइबार बिहान मकालु–३ नयाँबस्ती नजिकैको भिरमा मृत फेला परेको जानकारी दिए।

गुरुङको हत्याको या मृत्यु हो भन्ने बारे एकिन भइनसकेको डिएसपी सुवेदीले बताए। घटनाको अनुसन्धानका लागि सदरमुकाम खाँदबारीबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थल गएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार