पायोनियर एड्भेन्चर ट्रेकबाट मकालुका शेर्पाले गरे ‘के–टु’ हिमालको सफल आरोहण


२६ श्रावण २०७८, मंगलबार


संखुवासभाको मकालु गाउँपालिका र सोलुखुम्बुका नौजना शेर्पाले ‘के–टु’ हिमालको सफल आरोहण गरेका छन् ।

उनीहरु सबैले पायोनियर एड्भेन्चर ट्रेकमार्फत ‘के–टु’ हिमालको सफल आरोहण गरेका हुन् । आरोहणकालागि शेर्पाहरुको संयुक्त टोली २४ जुनमा त्यसतर्फ गएको थियो । आरोहणकालागि गएको टोलीले यहि २७ जुलाई बिहान ‘के–टु’ हिमालको सफल आरोहण गरेको पायोनियर एड्भेन्चर ट्रेकका फाउण्डर पासाङ शेर्पाले बताउनुभयो ।

आरोहण गर्ने शेर्पाहरुमा कीर्तिमानी आरोहि पायोनियर एड्भेन्चर ट्रेकका फाउण्डर मिङ्मा दोची शेर्पा त्यसैगरी लाक्पा शेर्पा, सानु शेर्पा, लाक्पा गेल्जेन शेर्पा, टाँसी शेर्पा, मिङ्मा दोर्ची शेर्पा, पेम्वारीता शेर्पा, पेम्वा दोर्ची शेर्पा र छिरीङ नाङ्गेल शेर्पा छन् ।

आरोहण टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा पायोनियर एड्भेन्चर ट्रेकका फाउण्डर पासाङ शेर्पा र मकालु गाउँपालिकाका अध्यक्ष तेजबहादुर पोखरेलले स्वागत गर्नुभएको थियो । यसैगरी युक्रेनकी महिला अरोहि Iryna Galay र Dmytro Amntpo  ले पनि पायोनियर एड्भेन्चर ट्रेकमार्फत ‘के–टु’ हिमालको सफल अरोहण गरेका हुन् ।

पायोनियर एड्भेन्चर ट्रेकका फाउण्डर मिङ्मा दोर्ची शेर्पाले यस अघि नै सर्वोच्च शिखर सगरमाथा र चौथो अग्लो शिखर ल्होत्से हिमालको सबै भन्दा छोटो समयमा आरोहण गरेर कीर्तिमान कायम गरी सकेकाछन् । शेर्पाले सगरमाथा र ल्होत्से ६ घण्टा १ मिनटमा र मकालु सहित तीन वटै हिमालको आरोहण ५४ घण्टा २५ मिनेटमा आरोहण गरी कीर्तिमान कायम गरी सकेका छन् ।

सम्बन्धित समाचार