अबको केही दिन मनसुन थप सक्रिय हुने


३० श्रावण २०७८, शनिबार


काठमाण्डौ । अबको केही दिन मनसुन थप सक्रिय हुने मौसमविद्ले बताएका छन् । मनसुनी न्यूनचापीय रेखाको प्रभावले अबको केही दिन मनसुन थप सक्रिय हुने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

प्रदेश एक, दुई र सुदूरपश्चिम प्रदेशमा गएरातिदेखि नै लगातार पानी परिरहेको छ । अरु ठाउँमा बद्ली भएको छ । दिउँसोपछि देशका सबैजसो भूभागमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको मौसमविद् पौडेलले बताउनुभयो ।

अबको तीनरचार दिन लगातारजस्तै पानी पर्ने भएकाले बाढी, पहिरो, डुबान लगायतका जोखिम हुन सक्ने भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रहसमेत गरेका छन् । विशेषगरी भिरालो जमिन र नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन मौसमविद् पौडेलले आग्रह गर्नुभएको छ ।

सम्बन्धित समाचार