कोरोना संक्रमणबाट भोजपुरमा बृद्धको कोभिड अस्पतालमै मृत्यू


३० श्रावण २०७८, शनिबार


कोभिड १९ संक्रमणबाट एक ८८ वर्षिय बृद्धको मृत्यू भएको छ । केहि दिनदेखि विरामी भोजपुर नगरपालिका ७ निबासी बृद्धको गएराती भोजपुर कोभिड अस्पतालमा मृत्यू भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि बृद्धको एन्टिजेन्ट चेक गर्दा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ । उनलाई शुक्रबार नै भोजपुर कोभिड अस्पताल देउरालीमा राखिएको थियो । यो संगै भोजपुरमा दोश्रो चरणको कोभिड १९ बाट मृत्यू हुनेको संख्या ९ पुगको छ ।

सम्बन्धित समाचार