नेकपा माओवादीको केन्द्रीय समिति बैठक बस्दै


३१ श्रावण २०७८, आइतबार


काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ।

बत्तिसपुतलीस्थित एक पार्टी प्यालेसमा बैठक विहान ११ बजेदेखि सुरु हुनेछ। बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो प्रस्तुत गर्नु भएको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि केन्द्रिय सदस्यहरुले धारणा राख्नेछन्। प्रतिवेदनमाथि छलफल गर्न केन्द्रिय सदस्यहरुलाई विभिन्न आठ वटा समूहमा विभाजन गरिएको छ।

प्रस्तावमाथि छलफल गरेर आवश्यक राय सुझाव संकलन गर्ने र छलफलबाट प्राप्त निष्कर्ष बैठकमा प्रस्तुत हुनेछ। संविधानको रक्षा, प्रतिगमनविरुद्धको लडाईं, एवं मुलुकको समस्या समाधानका लागि गठबन्धनको निरन्तरता आगामी निर्वाचनसम्म लैजाने प्रस्ताव अध्यक्ष प्रचण्डले बैठकमा राखेका छन्।

यस्तै एमसिसी, लिपुलेक, कालापानी र लिम्पियाधुराको प्रश्न पार्टीको घोषित नीतिअनुसार कूटनीतिक संवादका माध्यमबाट हल गर्न प्रयत्न गरिनेलगायतका विषय प्रतिवेदनमा उल्लेख छ। अध्यक्ष प्रचण्डले आगामी पुस ११ देखि १३ गतेसम्म पार्टीको राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गर्नु भएको छ।

सम्बन्धित समाचार