दुई हजार ८९ जनामा सङ्क्रमण, दुई हजार २४४ जना निको, २६ जनाको मृत्यु


४ भाद्र २०७८, शुक्रबार


काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार ८९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार ५३० आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, सात हजार १२४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९९३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार २४४ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ९३ हजार ५४३ पुगेको छ । सङ्क्रमणका कारण २६ जनाको मृत्यु भएको छ । योसँगै दश हजार ४५५ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ९३।१४ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

सम्बन्धित समाचार