२ हजार ५२ थपिए, १ हजार ९२९ मुक्त, २६ को मृत्यु



काठ्माण्डौ । नेपालमा कोरोनाभाइरसका दुई हजार ५२ जना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा नौ हजार ७०२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ५२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित सात लाख ५४ हजार ९१५ पुगेका छन् । हालसम्म ३८ लाख ६८ हजार ७१७ नमूनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हाल ३८ हजार ३८४ जना सक्रिय सङ्क्रमित छन् । गएको चौबीस घण्टामा एक हजार ९२९ जना कोरोनामुक्त भएका छन् । हालसम्म सात लाख पाँच हजार ८९३ जना निको भएका छन् ।

गएको चौबीस घण्टामा २६ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । हालसम्म दश हजार ६३८ जना सङ्क्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार गएको चौबीस घण्टामा ७० हजार २६ डोज खोप लगाइएको छ ।

सम्बन्धित समाचार