शिक्षा दिवसको अवसरमा संखुवासभामा निबन्ध तथा चित्रकला प्रतियोगिता हुने



संखुवासभा । संखुवासभामा शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा निबन्ध लेखन तथा चित्रकला प्रतियोगिता हुने भएको छ । उक्त दिवसको अवसरमा शिक्षा विकास समन्वय इकाईको आयोजनामा भदौ २३ (८ सेप्टेम्बर) गते प्रतियोगिता सम्पन्न हुनेछ ।

दिवसको अवसरमा अन्तर माध्यमिक विद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगिता र आधारभुत तहका लागि अन्तर विद्यालय स्तरीय चित्रकला प्रतियोगिता हुने इकाई प्रमुख केशव भट्टराईले जानकारी दिए । उनका अनुसार काभिड १९ को संक्रमणलाई ध्यानमा राखी स्वास्थ्य मापदण्ड अपनाएर दिवस मनाउनु पर्ने भएकाले विद्यार्थीको प्रतिभा उजागर गर्न प्रतियोगिता गर्न लागिएको हो ।

निबन्ध प्रतियोगिताका लागि कोरोना भाइरस (कोभिड १९) र यसले शिक्षा क्षेत्रमा पारेको प्रभाव शिर्षकमा तीन सय शब्दमा नघटाई निबन्ध लेख्नु पर्नेछ भने चित्रकला प्रतियोगिताका लागि हाम्रो विद्यालय/राम्रो विद्यालय शिर्षक छनौट गरिएको छ ।

इकाई मार्फत निबन्ध प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमश ५ हजार, ३ हजार, २ हजार र साथमा प्रमाण पत्र दिइने छ भने चित्रकला तर्फ ३ हजार, २ हजार र १ हजार साथमा प्रमाणपत्र दिवसकै दिन वितरण गरिने इकाई प्रमुख भट्टराईले बताए ।

यस्तै प्रतियोगितामा सहभागीहरुलाई सम्बन्धीत विद्यालय र पालिकाले आन्तारिक मुल्यांकन गरी प्रोत्साहनका लागि प्रथम, द्धितीय र तृतीयलाई पुरस्कार प्रदान गर्नेछ ।

 

सम्बन्धित समाचार